प्रसारण संस्थाले कुनै कार्यक्रमको उत्पादन तथा प्रसारण गर्दा देहायका कुरालाई प्राथमिकता दिनु पर्नेछः–
(क) कृषि, शिक्षा, उद्योग, वाणिज्य, विज्ञान र प्रविधि, स्वास्थ्य, परिवार नियोजन र वन तथा वातावरण संरक्षण जस्ता विकासमूलक कार्यक्रमहरू,
(ख) सबै जाति, भाषा, वर्ग, क्षेत्र तथा धार्मिक सम्प्रदाय बीच समानता, आपसी सद्भावना र सामञ्जस्यता अभिवृद्धि गर्ने किसिमका कार्यक्रमहरू,
(ग) नेपालका विभिन्न भाषा र संस्कृतिको उत्थानमा सहयोग पु¥याउने कार्यक्रमहरू,
(घ) राष्ट्रिय हित र राष्ट्रिय एकतामा अभिबृद्धि गराउने विषयका कार्यक्रमहरू,
(ङ) राष्ट्रिय चेतना तथा नैतिक जागरण बृद्धि गर्ने विषयका कार्यक्रमहरू,
(च) जनतामा सामाजिक चेतना बढाउने र प्रजातान्त्रिक मूल्य, मान्यता एवं संस्कारको विकास गराउने किसिमका कार्यक्रमहरू,
(छ) नेपाल र छिमेकी मुलुक तथा मित्रराष्ट्रहरूसंगको सम्बन्धमा प्रतिकूल प्रभाव नपार्ने विषयका कार्यक्रमहरू,
(ज) राष्ट्रले अख्तियार गरेको परराष्ट्र नीति सम्बन्धी कार्यक्रमहरू,
(झ) लोक गीत र लोक संस्कृतिको प्रबद्र्धन हुने कार्यक्रमहरू,
(ञ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भए गरेका महत्वपूर्ण गतिविधिहरू ।